नेपाल अाइडलमा भाेटिङ राेक्न अदालतकाे गर्याे यस्ताे अन्तरिम अादेश

नेपाल अाइडलमा भाेटिङ राेक्न अदालतकाे गर्याे यस्ताे अन्तरिम अादेश

काठमाडौं । भाेटिङ विवादका कारण पछिल्लाे समय चर्चित बनेकाे  रियालिटी साे नेपाल अाइडललार्इ अर्काे फैसला नभएसम्म भाेटिङ राेक्न काठमाडाैं जिल्ला अदालतले अादेश दिएकाे छ । अदालतकाे अादेशमा विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई शुक्रबार भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार उल्लंघन गरेको भन्दै सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । अागामि शुक्रबार दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको पक्ष वा विपक्षमा फैसला गर्ने छ ।

फाेटाेः क्लिकमाण्डु डट कमबाट

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: September 6, 2017 at 5:44 pm