गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय बैठकले के निर्णय गर्याे ?

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय बैठकले के निर्णय गर्याे ?

गाडीधुरामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समितिको बैठक भएको छ। बैठकमा चलिरहेको आन्दोलन अनि वर्तमान स्थितिमाथि व्यापक चर्चा गरिएको गोरामुमो प्रवक्ता निरज जिम्बाले बताएका छन्।

‘१३ अगस्तको दिन दिल्लीमा गृहमन्त्री राजनाथ सिंहले राज्यसित वार्ता गर्ने दिएको सुझावलाई सम्मान गर्दै गोरामुमोले मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्र लेखेको थियो, त्यसैको आधारमा २९ अगस्त पहिलो द्वीपक्षीय वार्ता भइसकेको छ।’

जिम्बाले भने, ‘१२ तारिकको वार्तामा पनि गोरामुमो जानेछ तर वार्तामा गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ताको निम्ति पहल हुनुपर्ने सम्बन्धमा मात्र गोरामुमोले कुरा राख्नेछ।’गोरामुमोबाट वार्तामा जाने डेलिगेशनको घोषणा ११ सेप्टेम्बरको दिन हुने पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: September 4, 2017 at 10:45 pm