नेपाल अाइडलका बारेमा गालीगलौज गर्ने विरूध्द अब प्रहरीमा उजुरी !

नेपाल अाइडलका बारेमा गालीगलौज गर्ने विरूध्द अब प्रहरीमा उजुरी !

काठमाडाैं । नेपाल अाइडलले अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम पनि गरिरहेकाे जनाएकाे छ । नेपाल अाइडलका बारेमा सामाजिक सञ्जालमा तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा प्रस्तुत गरेर केही व्यक्तिले स्वयंको स्तर त जनाएकाे र संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका बताउँदै यस्ताे कदम चालेकाे जनाएकाे छ ।

अाइडलले भनेकाे छ, ‘हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम पनि गरिरहेका छौ र साइबर क्राइम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबै पक्षको नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौ ।’

नेपाल अाइडलले साेमबार बिहानै सामाजिक सञ्जालमा लेखेकाे छः-

१. जे गरिएको छ, शोको नियमको अधीनमा रहि शोको लाईसेन्स दिनेले भनेअनुसार गरिएको छ। अमेरीकन वा इन्डियन अाइडलमा जे हुन्छ , नेपाल अाइडलमा पनि तेही भएकाे हाे।
२. नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलैाच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा प्रस्तुत गरेर केही व्यक्तिले स्वयंको स्तर त जनाएका छन् नै साथै ती संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका छन ।
३. असन्तुष्टिको पनि तरिका हुन्छ, ईन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ।
४. हामी तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौ र त्यसको सम्बोधन पनि गर्नेछौ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूह एपिवान अवश्य पनि हैनौ भन्नेतर्फ ती असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौ।
५. त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम पनि गरिरहेका छौ र साइबर क्राइम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबै पक्षको नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौ ।
६. अहिले नानाभाती शंका गरि विद्वेस फैलाउने तर भोली आफुले चाहेकै प्रतिस्पर्धी नेपाल आईडल भएको खण्डमा कुन नैतिकताले त्यो स्वीकार्ने हाे? अलिकता पनि हेक्का छ कि छैन? हामी नेपालीले नेपाली कार्यक्रमलाई विवादित बनाई बन्द गराउन लगाएर कुन विदेशी च्यालन र कार्यक्रमलाई सहयोग गर्न खोजेको हो हामी सबैलाई थाहा हुन जरूरी छ ।
७. विदेशी च्यालनलाइ कराेडाै तिरेर नेपालमा ल्याउने तेही च्यानलकाे यस्तै शाेमा कराेडाैकाे भाेटहाली नेपाली पनि हैन केवल नेपाली मूलका मान्छेलाइ जिताउदा उल्लास मनाउने जत्राे उदार ह्दय भएका हामी हाम्रा अाफ्ना हुनहार नेपालीलाइ भाेट गरेभनेर काेलाहल मच्याउने कदापी नेपाली हुनैसक्दैन।
८. यसरी नेपाली टिभि र शाे बन्द गराइ विदेशी च्यालन र शाेलाइ प्राेत्साहन गर्न लागि परेकाे याे हुलबाट बचेर नेपाल र नेपाली भाषाका यी कार्यक्रमलाइ माया गर्नुहुन अनुराेध छ।
९. काम गर्ने क्रममा त्रुत्रि वा भोटिगंको कुरामा गुनासो भएकाहरूलाई आउने हप्ताका लागि कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनी त्यसका लागि फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौ यसबारेमा थप सूचना छिटै प्रकाशित गर्नेछौ ।
१०. गतहप्ताकाे ३७.२० लाख भाेट SMS र Online Voting काे हाे, SMS बाटमात्र, अाएकाे रकममा ५३ प्रतिशत टेलिकम अपरेटर, त्यसपछिकाे ४० प्रतिशत सर्भिस प्राेभाइडर र बाकीकाे रकममा फ्रिमेन्टल काे ५० प्रतिशत कटाएर करीब १७ लाख मात्र यस शाेलाइ प्राप्त भएकाेमा हिसाव किताव केही थाहा नभएका अज्ञानीले जेपायाे तेही लेखेर समाजमा एक नराम्राे तरगं ल्याएर याे शाे बन्द गराउन खाेज्ने अरूनै उदेश्यका एजेन्टहरूदेखी सावधान रहन अनुराेध गर्दछाै ।
११. याे एक व्यवशायिक शाे हाे करीब १०० जना मान्छेकाे डेढ बर्ष सम्मकाे मेहेनेतले याे शाे बनेकाे छ, कराेडाैकाे लगानी भएकाे छ, त्याे सव निशुल्क त कसरी हुन्छ र ? तर नेपालमा पनि यत्तिकाे शाे बन्नु भनेकाे भने केही गर्व गर्न लाएककाे हाे, याे शाे ले संसारभरका नेपालीलाइ जाेडेकाे छ, परिवार र केही साथीभाइमात्रले चिन्ने यी हुनहार व्यक्ति अाज नेपालका अाइडल बनेका छन् यसमा यती विष बमन किन ?

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: September 4, 2017 at 8:12 am