नगरपालिकाले गर्याे नवनिर्वाचित जनप्रतिनिधिका बालकालिका बारे यस्ताे निर्णय

नगरपालिकाले गर्याे नवनिर्वाचित जनप्रतिनिधिका बालकालिका बारे यस्ताे निर्णय

बाजुरा । एक नगरपालिकाले भर्खरै निर्वाचित भएका जनप्रतिनिधिका बालकालिका बारेमा नयाँ निर्णय गरेकाे छ । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि भन्दै यस्ताे निर्णय गरेकाे हाे । नयाँ निर्णय अनुसार सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका हुन् ।

बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले बताइन्। नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्लगायतका योजना पुर्याउने गरी निर्णय पारित भएको बताइन् ।

उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा (विष्ट)ले जानकारी दिए। विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: September 3, 2017 at 10:50 am