मधेशमा आएको बाढी बारे प्रचण्डले गरे भारतलाई मन नपर्ने कुरा

मधेशमा आएको बाढी बारे प्रचण्डले गरे भारतलाई मन नपर्ने कुरा

रौतहट । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई झरेर भारतलाई मन नपर्ने कुरा गरेका छन् । भारतीय सिमानामा रहेका बाँधहरु र सो बाँधमा जडान गरिएका पानी निकासका ढोकाहरु समयमै भारतीय पक्षले नखोल्दा नेपाली पक्षको ठूलो धनजनको क्षति भएको बताएका हुन् ।

रौतहट उद्योग वाणिज्य सँघले बाढी बाट भएको क्षतिको सम्बन्धमा जानकारी गराउन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढी बाट सबै भन्दा प्रभावित रौतहट जिल्ला भएको र त्यसमा पनि सदरमुकाम गौरमा ठूलो क्षति भएको आफूले अनुभव गरेको बताएका थिए ।

आफूलाई चाहिने पानी खोल्ने र बाढीका बेलामा बन्द गर्ने प्रवृतिले नेपाल र सिमावर्ती भारतीय सहरहरु पनि डुबानमा परेको उनले बताए । “परराष्ट्र मन्त्रालय र भारतीय दूतावास सँग कुरा गर्दा पनि भारतीय पक्षले बाँधका ढोकाहरु समयमा नखोलिएकाले बाँध भत्किदा उता (भारत) पनि क्षति भएको र नेपालीहरु पनि डुबानमा परेको पाइएको छ ।” अध्यक्ष प्रचण्डले भने “बाँधका ढोकाहरु समयमै खोलेको भए क्षति कम हुन्थ्यो ।

देशको दक्षिणी सिमानामा भारतले निर्माण गरेका बाँधका कारण तराई मधेशका अधिकांश भागहरुले बाढीको विपती खेप्नु परेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन । केही दिन अघि मधेशका जिल्लाहरुमा आएको बाढी र क्षतिको अनुगमन गर्न रौतहट आएका

नेपाल सरकारले अविलम्ब भारतीय पक्ष सँग कुटनितिक वार्ता गरेर यसखालको समस्या भविष्यमा नआउने ग्यारेण्टी गर्नु पर्छ ।” प्रधानमन्त्री देउवाको भारत भ्रमणका समय आफूले यस विषयमा कुरा गर्न प्रधानमन्त्रीलाई जानकारी गराएको समेत उनले बताए । भारतले आफ्ना बाँधको पुनरावलोकन गर्नु पर्ने र कुटनितिक रुपमै दुवै पक्षका कर्मचारी बसेर यो समस्या समाधान गर्नु पर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: August 31, 2017 at 1:18 pm