भ्रष्टचार र अनियमितता हुन दिन्न : मन्त्री केसी

भ्रष्टचार र अनियमितता हुन दिन्न : मन्त्री केसी

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले भने– ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ । पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु । त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्ने छु ।’

उनले नेपालको भुगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनु पर्नेमा जोड दिदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रीत गर्ने गरी काम गर्ने वचनवद्धता प्रकट गरे । उनले मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमुलक काममा सहि ढंगले परिचालन गर्न आवश्यक रहेको बताउदै खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चौभार निवासी केसी राजनीति करियरमा पहिलोपटक मन्त्री बनेका हुन् । मन्त्रालयका सचिव महेशप्रसाद दहालले मन्त्रालयअन्तर्गतका निकायका काम÷कर्तब्य बारे मन्त्री केसीलाई जानकारी गराउने क्रममा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मुख्य चुनौती पूर्वाधार भएको बताए ।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: August 8, 2017 at 8:44 am