लोकमानको म्याद तामेली रोक्न सादा पोसाकमा प्रहरी

लोकमानको म्याद तामेली रोक्न सादा पोसाकमा प्रहरी

काठमाडौं, ४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली रोक्न सादा पोसाकमा प्रहरी परिचालन भएको खुलासा भएको छ ।

म्याद तामेली रोक्न प्रयास गर्ने समूहमाथि सर्वोच्च अदालतको प्रारम्भिक अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्रहरी सहायक निरिक्षक (सई) नकुलराज गौतम नेतृत्वको टोली कार्कीको बानेश्वरस्थित घरमा परिचालित भएको हो ।

सर्वोच्चले सम्भवतः बिहीबार अबेरसम्म तयार पार्ने प्रतिवेदनमा गौतमलगायत म्याद तामेलीमा अवरोध गर्ने समूहका अन्य सदस्यहरुको विवरण राखी उनीहरुविरुद्ध अदालतको अपहेलनाको कारबाही अघि बढाउने प्रक्रिया सुरु गर्ने जानकारी स्रोतले दिएको छ ।

तामेलीमा अवरोध गर्ने को को हुन् भन्ने महत्वको विषय होइन, तर सार्वजनिक पदमा छन् भने झनै आपत्तिजनक विषय हो, सर्वोच्च प्रशासनले भन्यो । आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: October 21, 2016 at 7:42 am