बस्न्यातले सम्हाले लोकमानको जिम्मेवारी

बस्न्यातले सम्हाले लोकमानको जिम्मेवारी

काठमाडाैं, कात्तिक ५ । basnyatअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई विभिन्न आरोप लगाई महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ । सोमध्ये आफ्नो पदीय दायित्व दुरुपयोग गरी चिकित्सा शिक्षालगायतका क्षेत्रमा भ्रष्टाचारलाई प्रोत्साहन दिएको प्रमुख रहेको बताइएको छ ।

यसैबीच अख्तियारका आयुक्त दिप बस्न्यातले बिहीबारबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।

प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व दर्ता भएको महाअभियोगको प्रस्तावको व्यवस्थापिका संसदले निर्णय नगरेसम्म बस्न्यातले कार्कीको कार्यभार सम्हाल्नुहुनेछ ।

अख्तियारका प्रवक्ता गणेशराज कार्कीले कार्कीविरुद्व महाअभियोको प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता भएको जानकारी बुधबार राति नै कार्यालयमा आएको जानकारी दिएका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: October 21, 2016 at 7:41 am