सत्ता परिवर्तनको खेल हुनसक्ने आशंका

सत्ता परिवर्तनको खेल हुनसक्ने आशंका

काठमाडाैं, कात्तिक ५ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरी पार्टीको धारणा बनाउन बसेको कांग्रेस केन्द्रीय समितिको बैठक आज शुक्रबार पनि जारी रहने भएको छ ।

बैठकमा संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचना, पार्टीको आन्तरिक संगठन सुधारका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्वको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ ।

बिहीबारको बैठकमा आठ केन्द्रीय सदस्यहरुले छलफलमा भाग लिएका थिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले संविधान संशोधनका बारेमा अन्य दलसँग पनि छलफल गरेर पार्टीको धारणा बनाउनुपर्ने सुझाव दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: October 21, 2016 at 7:42 am